सिफारिस तथा प्रमाणित सेवा
वडा तथा नगर कार्यालयबाट जारी हुने विभिन्न सिफारिस र प्रमाणित पत्र सही ढाँचामा, पूरा कागजातसहित प्राप्त गर्न सहयोग।
म के-के गर्छु
- नागरिकता, राहदानी र परिचयपत्रका लागि सिफारिस
- नाता प्रमाणित र हकदार सिफारिस
- स्थायी तथा अस्थायी बसोबास सिफारिस
- आर्थिक अवस्था कमजोर भएको सिफारिस
- विद्यालय भर्ना, छात्रवृत्ति र शैक्षिक सिफारिस
- विद्युत, खानेपानी तथा धारा जडानको सिफारिस
- घर-बाटो, अविवाहित, नाम-थर र जन्ममिति प्रमाणित
सामान्यतया चाहिने कागजात
- नागरिकता वा परिचयपत्रको प्रतिलिपि
- पासपोर्ट साइजका फोटो
- सम्बन्धित व्यक्तिको निवेदन
- बसोबास खुल्ने कागजात
- घर कर वा बिजुली बिलको रसिद